भक्तपुर, ४ माघ। भक्तपुरको भेलुखेलस्थित आदर्श आजाद माध्यमिक विद्यालयमा निःशुल्क विन्टर क्याम्प सञ्चालनमा रहेको छ। विभिन्न सामाजिक काम गर्दै आइरहेको भविष्य नेपाल नामक संस्थाले सो विद्यालयमा निःशुल्क विन्टर क्याम्प सञ्चालन गरिरहेको हो।
बालबालिकाहरुलाई विभिन्न सीप सिकाउन, व्यक्तित्व विकासमा सहयोग पुर्याउनका लागि सो संस्थाले सामुदायिक विद्यालयकमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी सो क्याम्प सञ्चालन गरिरहेको हो।
‘विद्यार्थीहरुलाई विभिन्न जीवनोपयोगी सिप सिकाउँदै उनीहरुको शैक्षिक उन्नयनमा सहयोग गर्न हामीले यो क्याम्प सञ्चालन गरिरहेका हौं’, भविष्य नेपालका अध्यक्ष रमेश प्रधानले भने, ‘यसमा भक्तपुरका विभिन्न विद्यालयका २२ विद्यार्थी सहभागी छन्।’
उनले सो क्याम्पमा आदर्श आजाद मावि, मेधा मावि र बासु माविका विद्यार्थीहरुको सहभागिता रहेको बताए। सो क्याम्पमा कक्षा ५, ६ र ७ मा अध्ययन गरिरहेका विद्यार्थीहरु सहभागी भइरहेका छन्।
पाँचदिने सो क्याम्पमा सहभागी विद्यार्थीहरुलाई आर्ट, पेन्टिङ, सरसफाइ, पेपर क्राफ्ट, जापानीज ओरिगामी, खेलकुदसम्बन्धी जानकारी, क्ले एण्ड क्राफ्ट, गणितीय खेलहरुबारे कक्षा सञ्चालन गरिरहेको अध्यक्ष प्रधानले बताए।
कक्षाको सहजीकरण श्रद्धा प्रजापति, निरु चवाल, गीता साख, रुद्राक्ष्मान प्रधान, ओम साखलगायतले गरिरहेका छन्। सो क्याम्पमा सहभागी विद्यार्थीहरुले आफूहरु सो प्रशिक्षणबाट लाभान्वित भइरहेका छन्।