BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
समाचार सुर्यविनायक नगरपालिका

बालकोटमा शुभबिहानी पोलिक्लिनिक सुरु, निकट समयमै अस्पताल बन्ने

भक्तपुर, ४ माघ। भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. २ बालकोट चोकमा शुभबिहानी पोलिक्लिनिक एण्ड फार्मेसी संचालनमा आएको छ। सो पोलिक्लिनिकको उद्घाटन सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले गरेका थिए।

पोलिक्लिनिकका व्यवस्थापक सन्तोष बोगटीले सो क्लिनिककमा जोसुकैले पनि सस्तो, भरपर्दो र सुलभ सेवा प्राप्त गर्न सक्ने बताए। पोलिक्लिनिक स्थापनाको केही समयभित्रै पूर्ण रूपमा संस्थागत अस्पतालमा परिणत गरिने लक्ष्य रहेको व्यवस्थापक बोगटीले बताए।
रु एक करोडको लगानीमा सुरु भएको पोलिक्लिनिकले सुलभ र सहुलियत रुपमा गुणस्तरीय स्वास्थ्य सेवालाई प्राथमिकता राखेर सेवा दिने जनाएको छ।

हप्ताको सातै दिन खुल्ला रहने यस पोलिक्लिनकले संचालनमा आएको अवसरमा आफ्ना हरेक ग्राहक तथा बिरामीहरुलाई एक महिनासम्म सबै खाले उपचारमा बिशेष छुट दिने घोषणा समेत गरेको छ। विशेषतः होलबडी चेक अपमा रु. सात हजार पाँच सय लाग्ने शुल्कमा छुट गरी रु. तीन हजार पाँच सयमै गरिने भएको छ। बिहानी सहकारीमा आबद्ध सदस्यहरुलाई भने सँधैका लागि छुटैछुटको ब्यबस्था गरिएको छ।

पोलिक्लिकमा डिजिटल एक्स–रे, मुटुरोगको जाँच गर्ने इसीजी, अल्ट्रा साउण्ड ,ईको, ईसिजी, सुगर, प्रेसर, थाईराईड, मुटु, महिला, बाल तथा लगायतका सबै रोगको चेक जाँच हुने पोलिक्लिनिकका व्यवस्थापक सन्तोष बोगटीले बताए। पोलिक्लिनिकमा विशेषज्ञ डाक्टरद्धारा गुणस्तरीय जाँच र परामर्श हुने ब्यवस्था समेत रहेको छ।

 

 

थप ख़बर

विद्यालयस्तरीय कब्बडीमा पारागन प्रथम

भक्तपुर टाइम्स

बसाइसराइका कारण भक्तपुरका थपिए १५ हजार मतदाता

भक्तपुर टाइम्स

डा. श्रेष्ठमाथि दुर्व्यवहारको आरोप: रिस फेर्न आफूमाथि आरोप लगाएको डा. श्रेष्ठको स्पष्टोक्ती(उजुरीसहित)

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy