भक्तपुर, ४ माघ। सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेब थापाले कार्यकालको अन्तिम अन्तिम चरणमा फर्केर हेर्दा आफूले नियतबस कुनै कमजोरी नगरेको बताएका छन्।
बालकोटमा सुरु भएको शुभविहानी पोलिक्लिनिकको उद्घाटन गर्दै नगरप्रमुख सो बताएका हुन्। उनले आफूले भुलबस कमजोरी भएको भए क्षमयाचना गर्न पछि नपर्ने बताए।
कार्यक्रममा नगरप्रमुख थापाले निर्वाचित भए यताको साढे चार वर्ष पत्रकार, जनसमुदाय ,राजनीतिक दललगायत सरोकारवाला सबैको सहयोग पाएको र सोही सहयोगले नगरपालिकाको विकासका लागि उल्लेखनीय सहयोग पुगेको पनि बताए।
नगरभित्र आफ्नो कार्यकालमा एक सय एक किलोमिटर सडक पिच गरिएको भए पनि अझै धेरै सडक पिच गर्न बाँकी रहेको उनको भनाइ छ।