BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
कला/ संस्कृति समाज

पुराना भाँडा छ्यालब्याल गरी फुटाउने पर्व ‘छ्याला पुन्ही’

भक्तपुर, ३ माघ। भक्तपुरका विभिन्न चोक तथा छ्वासहरुमा माटाका पुराना भाँडाहरु फुटाएर आज छ्याला पुन्ही मनाइएको छ। यसलाई नेपालभाषामा छ्याला पुन्ही वा मिला पुन्ही समेत भन्ने गरिएको छ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाको दिन मनाइने यस दिन स्थानीयले घरमा भएका पुराना काम नलाग्ने चर्किएका माटाका भाडा नजिकको चोकमा फुटाल्ने चलन छ। यो चलन अद्यापि देख्न सकिन्छ।

स्थानीयका अनुसार भक्तपुरमा मनाइने पर्व दुई थरीका हुन्छन्। एउटा भोज खाने र अर्को नखाने। उनीहरुका अनुसार छ्याला पुन्हीको दिन कुनै पनि घरमा भोजको कुनै पनि परिकार पाक्दैन। मात्र भाडा फुटाएर पर्व मनाइन्छ।

भक्तपुरका संस्कृतिविद ओम धौभडेलका अनुसार विशेष गरी नेवार समुदायमा माटाका भाडा वर्षमा एक पटक फाल्न लाने र एकपटक भित्र्याउने परम्परा छ। छ्याला पुन्हीको दिन फाल्न लाने र दशैंमा भित्र्याउने परम्परा रहेको संस्कृतिविद् धौभडेल सुनाउँछन्। उनका अनुसार पुराना कामै नलाग्ने भाडा घरमा राखिराख्दा अशुभ हुने जनविश्वासका साथ वर्षमा एकपटक छ्याला पुन्हीका दिन भाडा चोकमा फालिन्छ।

पर्वलाई जीवन्तता दिनसके एकातिर परम्परागत भाँडाकुँंडा बनाउने पेशा जगेर्ना हुने र अर्कोतिर संस्कृति जीवन्त हुने उनको विश्वास छ। नेवार समाजको सभ्यताको सुरुवातदेखि नै यो प्रचलन चलेको उनले बताए। यसलाई सफाइ गर्ने चलनका रुपमा समेत लिन सकिन्छ।

थप ख़बर

साँगा र बनेपा बन्द, भक्तपुरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

भक्तपुर टाइम्स

एभोकाडो नारायण नगरपालिका बन्दै चाँगुनारायण !

भक्तपुर टाइम्स

हाइवेमा बाइक उफ्रिने खाल्डो

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy