BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर नगरपालिका समाचार समाज

भक्तपुरमा `फुड फर लर्निङ इन मेमाेरी अफ लिङध्वल्म´ सुरू

भक्तपुर, १ माघ।
लायन्स क्लब अफ नर्सिम्हाले फुड फर लर्निङ इन मेमोरी अफ लिङध्वल्म सुरु गरेको छ।
क्लबले भक्तपुरका ब्रम्हायणी क्षेत्रस्थित कोपिला नेपालका लागि सो कार्यक्रम सुरु गरेको हो। क्लबका सभापति जीवन मारिखुले लिङध्वल्म प्रोजेक्टबाट कोपिला नेपालमा आश्रय लिइरहेका बालबालिकाहरु लाभान्वित हुने बताए। उनले हरेक महिना सो प्राजेक्ट अन्तर्गत खाद्यान्न उपलब्ध गराउने जानकारी दिँदै कोपिला नेपालमा ६ वर्षदेखि १८ वर्षसम्मका ९ जना अनाथ बालबालिकाहरु रहेको बताए।
क्बलले लिङध्वल्म प्रोजेक्ट सुरु गरेपछि बालबालिकाको समस्या समाधानका लागि राहत पुगेको कोपिला नपालका सञ्चालक सानु थापाले बताइन्। उनले मानवीय सेवाका लागि लिङध्वल्म र क्बललाई समेत धन्यवाद दिइन्।
सो प्रोजेक्ट विगत ३ वर्षदेखि मध्यपुर थिमि नगरपालिकामा पनि चालू छ। नगरपालिकाको एक सामुदायिक विद्यालयका १३० विद्यार्थीलाई सो प्रोजेक्टमार्फत् सहयोग गर्दै आइरहेको छ।

थप ख़बर

अँध्यारो स्कूलको उज्यालो कथा : दुई आनाको चारकोठामा चालिस विद्यार्थी

भक्तपुर टाइम्स

चाँगुमा प्लास्टिककाे चामल भेटिएकाे भन्दै…

भक्तपुर टाइम्स

बिस्कामा कसले हान्छ इँटा ?

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy