BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
समाचार समाज

गाँजासहित भक्तपुरमा एकै दिन तीनजना पक्राउ

भक्तपुर, १ माघ। प्रहरीले गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। भक्तपुर नगरपालिका वडा नं. ७ खसिबजारको पुलहाउस नजिकबाट एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका वडा नं. ५ भेलुखेलका लक्ष्मीनारायण देउला रहेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार ३७ वर्षे देउला ५६ ग्राम लागूऔषध(गाँजा) सहित हिँडिरहेका थिए। उनलाई हिँडिरहेकै बेला नियन्त्रणमा लिइएको महहानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले बताए।

यसका साथै प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका वडा नंं ८ की ५८ वर्षीया प्रिती तामाङ र ५५ वर्षका खड्गबहादुर तामाङलाई पनि नियन्त्रणमा लिइएको छ। प्रितीबाट ४८ किलो ४५० ग्राम र खड्गबहादुरबाट ४ किलो ५२६ ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

थप ख़बर

पर्यटनको नयाँ गन्तव्य बन्दै चाँगुनारायणको वन पधेरो झोलुङ्गे

भक्तपुर टाइम्स

सुनकोशीमा खस्याे जिप: भक्तपुर स्तब्ध

भक्तपुर टाइम्स

च्याम्हासिंह चोकमा छात्रामाथि स्कुटरको ठक्कर

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy