BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
चाँगुनारायण नगरपालिका समाचार

कोरोनाका कारण ज्यान गुमाएका परिवारलाई चाँगुनारायणले २५ हजार दिने

भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिकाले कोरोना९कोभिड १९ ० को कारण ज्यान गएकाका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ।

नगरपालिकाको नवौं सभाले सो निर्णय गरेको थियो। निर्णय अनुसार नगरपालिकाले आर्थिक सहयोग गर्न सुरु गरेको नगरप्रमुख सोम मिश्रले बताए। ‘हामीले कार्यविधि बनाएर केही नगरबासीलाई यो सुविधा दिन थालेका छौं’, उनले भने, ‘यसले नगरबासीले राहतको महसुस गरेका छन्।’

उनले आर्थिक सहयोग अन्तर्गत प्रतिव्यक्ति २५ हजार रुपैयाँ सहयोग गर्न थालिएको बताए। सो सहयोग पाउनका लागि कोरोनाको कारणले मृत्यु भएको भनी अस्पतालले दिएको सर्टिफिकेट, मृत्युदताको प्रमाणपत्र, हकदार र मृतकसँगको नाता प्रमाणित र हकदारको नागरिकताको प्रतिलिपिलगायतका कागजात आवश्यक रहेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको वडा नं। ३ झौखेलले सो सुविधा लिनका लागि सूचना जारी गरेको वडाध्यक्ष श्यामसुन्दर धिमालले बताए।

थप ख़बर

आफ्नै भवनमा सर्दै चाँगुनारायण नगरपालिका

भक्तपुर टाइम्स

चुनाव सकिएलगत्तै गहुँ चुट्दै किसान

भक्तपुर टाइम्स

वडा अध्यक्ष खड्का सडक दुर्घटनामा : कार पुग्याे खेतमा

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy