BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
समाचार समाज

हराउँदै भक्तपुरका स्थानीय नामहरु

भक्तपुर । भक्तपुरका पुराना र ऐतिहासिक ठाउँका नामहरु फेरिँदै गएका छन् । ठाउँका नामहरु क्रमशः फेरिँदै जाँदा सो स्थानको पहिचान मेटिने सम्भावना समेत बढ्दै गएको छ ।
अहिले भक्तपुरका अधिकांश पुराना नामहरुको सट्टामा नयाँ नामले स्थान जमाउँदा पुराना नामहरु लोप हुन थालेका छन् । ‘पहिला यो ठाउँको नाउँ लान्चापली थियो, अहिले आएर यो नामै हराएको छ, अहिले त यो ठाउँलाई भत्क्यापाटी भन्छन् ।’ स्थानीय कृष्ण प्रजापतिले भने ।
उनले भत्क्यापाटीजस्तै धेरै ठाउँको नाम बदलिएको बताउँदै भने, ‘भक्तपुर अस्पतालबाट ब्यासी आउने ओरालोमा रहेको ठाउँलाई हाकुफो हिती भन्नुपर्नेमा अहिले आएर कालो पाटी भन्न थालेका छन् ।’
कमलविनायक र व्यासीका ती दुई ठाउँहरुको मात्र फेरिएका छैनन्, अहिले भक्तपुरका धेरै ठाउँका नामहरु परिवर्तन हुन थालेका छन् । सुजमारी टोल अहिले सूर्यमढी भएको छ, तचपाल टोल दत्तात्रय स्क्वायर भएको छ । इनाचोको स्वंग ल्हो अहिले तीन ढुंगे हुन पुगेको छ । गोमारी, गोल्मढी हुन पुगेको छ । तः मारी, टौमढी भएको छ । यस्ता धेरै ठाउँका नामहरु अप्रभंश हुँदै अर्थ न बर्थ भएका छन् ।
यतिमात्र नभएर मन्दिरहरुका नाम, ऐतिहासिक र धार्मिक महत्वका सम्पदाहरुको नाममा पनि परिर्वन आउन थालेको धेरैले अनुभव गर्न थालेका छन् ।
‘ङातापोल मन्दिरको नाम पाँचतले मन्दिर भएको छ, सुनको ढोका गोल्डेन गेट भएको छ, लायकू अहिले दरबार स्क्वायर भएको छ, कुमाले टोल पोटरी स्क्वायर भएको छ ।’ प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भने ।
उनले स्थानीय नाम महत्वपूर्ण विषय रहेको बताउँदै नाम फेरिएको विषयलाई गम्भीरताका साथ लिनुपर्ने बताए । ‘कुनै पनि बस्तु, स्थानलाई आफू अनुकूल बुझ्नु एउटा कुरा हो, आआफ्नो भाषा र बोली अनुसार नाम रहन गएको हो ।’ उनले भने ।
बढ्दो सहरीकरण, बढ्दो चहलपहल र स्थानीय जनताले सो स्थानको नाम, परिचय, पहिचानमा देखाएको उदासिनताका कारण नाम फेरिँदै गएको धेरैको बुझाइ छ । यतिमात्र नभएर स्थानहरुको नाममा आएको परिवर्तनलाई अस्तित्वमाथिको प्रहारका रुपमा बुझ्नेहरुको पनि कमी छैन ।

थप ख़बर

ताथलीमा भिन्तुना र्‍यालीसहित सांस्कृतिक कार्यक्रम हुने

भक्तपुर टाइम्स

राजर्षि गुरुकूलद्वारा पौडी प्रतियोगिता : रक हाउस प्रथम

भक्तपुर टाइम्स

सन्दर्भ : हिरोशिमा दिवस : आइन्दा त्यस्तो कहीँ कतै नहोस् !

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy